सरकार विरुद्ध आन्दोलन गर्ने सामुदायिक वनको घोषणा 

छहारी संवाददाता
मंसिर ३, २०७६

सरकारले सामुदायिक वनमा लगाएको करको विरोध गर्दै सामुदायिक वन उपाभोक्ता महासंघ मकवानपुरले आन्दोलनको घोषणा गरेको छ ।

आज बसेको सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश तीन र जिल्ला शाखाको संयुक्त बैठकले अनावश्उक कर लगाउने सरकारको नीतिको बिरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

बैठकले यहि मंसिर ६ गते विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो । विरोध कार्यक्रममा महासंघले जिल्लाका सबै सामुदायिक वनहरुलाई कार्यक्रममा सहभागि हुन आव्हान समेत गरेको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा बसेको बैठकमा प्रदेश तीनका सदस्य रामहरि चौलागाई, अर्जुनप्रसाद दाहाल, फेकोफन स्थानीय महासंघ हेटोडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, विभिन्न सामुदायिक वनका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*