लोक सेवा आयोग प्रदेश तीनका अध्यक्ष श्रेष्ठद्धारा पद तथा गोपनियताको सपथ ग्रहण

छहारी संवाददाता
मंसिर २, २०७६

लोक सेवा आयोग प्रदेश तीनका अध्यक्ष सुरेशमान श्रेष्ठले आज सपथ ग्रहण गर्नु भएको छ ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले आज हेटौडामा श्रेष्ठलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो । पूर्व सचिव समेत रहनु भएका श्रेष्ठको प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण भएको हो ।

आयोगका अध्यक्ष श्रेष्ठलाई सपथ ग्रहण गराउँदै प्रदेश प्रमुख प्रसाईले कार्यकाल सफल बनाउनका शुभकामना दिनुभयो ।

प्रदेशमा निस्पक्ष रुपमा आफ्नो काम अगाडी बढाउनका लागि प्रदेश प्रमुख प्रसाईले आग्रह समेत गर्नु भएको छ ।

सपथ ग्रहण कार्यक्रममा सभामुख सानु कुमार श्रेष्ठ, प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेल, प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलास प्रसाद ढुंङ्गेल, आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रदेशका प्रमुख सचिव तोयम राय, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु, विभीन्न सरकारी कार्यालयका प्रमुखहरु लगायतकाको सहभागिता रहेको थियो ।

लोक सेवा आयोगका अध्यक्षमा सिफारिस श्रेष्ठको परिचय 
लोक सेवा आयोग प्रदेश तीनका अध्यक्ष सुरेशमान श्रेष्ठ लमजुङको दुरा डाँडामा २०१५ साल चैत ४ गते जन्मनु भएको हो ।

श्रेष्ठले आफ्नै गाउँको विद्यालयमा प्रथम श्रेणिमा एसएलसी पास गर्नुभयो । २०३१ सालमा एसएलसी पास गरेपछी २०४१ सालमा मात्र नेपाल सरकारको साखा अधिकृत स्तरको सेवामा उहाँ प्रवेश गर्नुभयो ।

२०४१ साल देखि निजामती सेवामा काम गर्दा अधिकांश क्षेत्र भने बाणिज्य क्षेत्रमा काम गर्नु भएको छ । अधिकृत, उपसचिव, सहसचिव हुँदा देशका विभीन्न जिल्लामा सेवा गर्नु भएको छ ।

हाल काठमाण्डौको गोंगबुमा वस्दै आउनु भएका श्रेष्ठले एमएससी, एमपीए र न्यूजरल्याण्डमा वातावरण विषयमा अध्ययन गर्नु भएको उहाँका समकक्षी सचिवहरु वताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*