राष्ट्रिय जनसरोकार मन्चले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र 

छहारी संवाददाता
मंसिर २, २०७६

भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भुमी पारेको विरोधमा राष्ट्रिय जनसरोकार मन्च नेपालले जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

मञ्चले आज जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत दिपचन्द्र गर्तौलालाइ ज्ञापनपत्र बुझाउदै ध्यानाकर्षण गराएको हो ।

मन्चले ज्ञापनपत्रमा सरकारले नेपालको आधिकारिक नक्सा सार्वजनिक गर्नुपर्ने, नेपालको सिमा सुरक्षाको जिम्मा नेपाली सेनालाइ दिनुपर्ने, नेपाल–भारत सिमा समस्यालाइ अन्तराष्ट्रियकरण गर्नुपर्ने लगायतका १० बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझउँदै मञ्चका अध्यक्ष उमेश गुणिले भारतीय हस्तक्षेप राष्ट्रको गम्भिर विषय भएकोले सरकार संबेदनशिल हुनुपर्नेमा जोड दिनु भएको छ ।

भारतले पटक पटक नेपाली भूमिमा हस्तक्षेप गरेको भन्दै सर्वत्र विरोध भइरहेको छ । पछिल्लो पटक भारतले लिपुलेक, लिम्पियाधुरा, कालापानी आफ्नो नक्सामा पार्दा पनि सरकार चुप बसेको भन्दै विभिन्न संघसंगठन, विद्यार्थीहरु, राजनितीक दल लगायतले सरकारको आलोचना गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*