मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार
मकवानपुरको भिमफेदी कारागार बाट गएराती एक कैदी फरार भएका छन् ।
कर्तव्य ज्यान मुद्धामा जन्मकैदको सजाय काटी रहेका ३० वर्षका कुलदिप राज धामी फरार भएको कारागारका प्रमुख जेलर प्रकाश खनालले जानकारी दिनुभयो ।
कारागार वरीपरि १२ फिट भन्दा अग्लो पर्खाल रहेकाले नाघेर भाग्न एक्लैले सम्भव नरहेको भन्दै प्रमुख खनालले अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।
यद्यपी पर्खालको केहि सानो भागमा ग्याप रहेको र त्यहा तार तानिएको भेटिएकाले धामी त्यहीबाट भागेको हुन सक्ने अनुमान गरएको उहाँले बताउनुभयो ।
धामीको खोजीका लागि उनको स्थायी घर चितवन र पुरोनो ठेगाना सुनसरीमा समेत अर्लट गरिएको प्रमुख खनालले जानकारी दिनुभयो ।
कारागारमा रहेका कैदीहरुको आन्तरिक प्रशासनले राती पौने १० बजे आफुलाई खबर गरेपछि तत्कालै खोजी कार्य अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।
जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा २० वर्ष जेल तोकिएका धामीले ५ वर्षदेखि सजाय काटिरहेका थिए ।