ग्रामिण बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा अधिकारी चयन

छहारी संवाददाता
मंसिर १, २०७६

राजु अधिकारीको अध्यक्षमा ग्रामिण बहुउद्देश्यीय सहकारी संस्थाको नयाँ नेतृत्व चयन भएको छ ।

आज हेटौंडामा भएको संस्थाको २० औ वार्षिक साधारण सभा तथा ७ औ अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा भोला प्रसाद अर्याल, सचिवमा प्रतिमा श्रेष्ठ, सह सचिवमा शंकर बहादुर रोक्का, कोषाध्यक्षमा राजेन्द्र मैनाली चयन हुनु भएको छ ।

त्यस्तै सदस्यहरुमा जयराम अर्याल, गिता कोइराला अर्याल, राजेन्द्र पुडासैनी, शरण घले, प्रदिप अधिकारी, कृष्ण प्रसाद  घिमिरे चयन भएका छन्।

संस्थाको लेखा संयोजकमा पुर्ण प्रसाद पुडासैनी, लेखा सदस्यमा कुबेर पोखरेल र प्रभाकर पुडासैनी चयन भएका छन्।

मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष बद्री लम्सालको प्रमुख आतिथ्यता र सहकारीका अध्यक्ष राजु अधिकारीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*