बचत तथा ऋण सहकारी संघ मकवानपुरको अध्यक्षमा श्रेष्ठ चयन
जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरको अध्यक्षमा कल्पना श्रेष्ठ चयन हुनु भएको छ ।
संघको आज भएकोे निर्वाचनमा अध्यक्षका प्रत्यासी राजु गौतमलाई १५ मत अन्तरले पछि पार्दै श्रेष्ठ विजयी हुनु भएको हो । श्रेष्ठले ५० मात प्राप्त गर्दा राजु गौतमले ३५ मत प्राप्त गर्नु भएको थियो ।
यस्तै उपाध्यक्षमा मिना चौरेल ६० मत ल्याई विजयी हुनु भएको छ भने उहाँका प्रतिष्पर्धी लक्ष्मी मोक्तानले २४ मत प्राप्त गर्नुभयो ।
सचिवमा ५१ मत ल्याई बिरेन्द्र प्रसाद ढुंगाना विजयी हुनु भएको छ भने प्रतिष्पर्धी उद्घव लामिछानेले ३४ मत प्राप्त गर्नुभयो ।
यस्तै कोषाध्यक्षमा ५५ मत ल्याई विष्णुमाया लामा विजयी हुनु भएको छ भने प्रतिष्पर्धी शर्मिला श्रेष्ठले २७ मत प्राप्त गर्नुभयो । सहसचिवमा भने बिजय बहादुर बस्नेत निर्विरोध निर्वाचित हुनु भएको छ ।
खुल्ला सदस्यमा हिमाल पौडेलले ४६ मत र जुना दंगालले ४७ मत ल्याई विजयी हुनु भयो भने हरिमाया ढकालले ३५ र रमेशकुमार रानाले १६ मत प्राप्त गर्नुभयो ।
पूर्वी क्षेत्र सदस्यमा सिताराम दाहाल, पश्चिमी क्षेत्र सदस्यमा शंकर प्रसाद कालाखेति, उत्तरी क्षेत्र समितिमा फणीन्द्रनाथ सुवेदी निर्विरोध निर्वाचित हुनु भएको छ ।
यस्तै लेखा समिति संयोजकमा सुलोचना स्यांतान, सदस्यमा पुष्पराज पराजुली र सचिता भट्टराई निर्विरोध हुनु भएको छ ।