मानव अधिकारसंगै पशु अधिकारका क्षेत्रमा पनि आवाज उठाउनुपर्छः सांसद मुनु सिग्देल
प्रदेश तीनका प्रदेशसभाका सदस्य मुनु सिग्देलले मानव अधिकारसंगै पशु अधिकारका क्षेत्रमा पनि आवाज उठाउनुपर्ने बताउनुभएको छ ।
नेपालमै पहिलो पटक भएको पशुकल्याण सम्बन्धी पहिलो पत्रकारिता तालिमलाई आज हेटौंडामा सम्बोधन गर्दै उहाँले पशुको पनि बाच्ने अधिकारको सबैले रक्षा गर्नुपर्ने बताउनुभयो ।
हिन्दुधर्मको नाममा राजनीति गर्ने तर, गाइलाई भिरबाट खसाल्ने प्रवृती सच्चिनपर्ने सांसद सिग्देलले भनाई छ ।
उहाँले भन्नुभयो– "पशुलाई पनि आफ्ना सन्तान जत्तीकै माया दिन सक्नुपर्छ, मैले दिएको छु । छोरा छोरीको दिसा २ वर्ष जती सफा गरे होला तर मेरो घरमा भएको कुकुरको १३ वर्ष भयो दिसा सफा गरिरहेकोछु ।"
उहाँले मकवानपुर जिल्ला अहिले सहयोगापेक्षी सडक मानवमुक्त भए जस्तै छाडा पशु मुक्त जिल्ला भएको बताउनुभयो ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोसी, नेपाल पत्रकार महासंघ प्रदेश तीनका अध्यक्ष प्रताप विष्ट, खोजपत्रकारिता केन्द्रका अध्यक्ष चन्द्रकिशोर, नेपाल पशुकल्याण संघका अध्यक्ष तथा पशुअधिकार कर्मी स्नेहा श्रेष्ठ, ह्युमन सोसाइटी इन्टरनेस्नल नेपालका निर्देशक तनुजा वस्नेत लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
पत्रकारलाई पशुकल्याणको लागी अभिमुखिकरण
नेपालमै पहिलो पटक पशुकल्याण सम्बन्धी पत्रकारिता तालिम आज देखि हेटौंडामा शुरु भएको छ ।
नेपाल प्रेस इन्स्टिच्यूटको आयोजना ह्युमन सोसाइटी इन्टरनेशनल नेपालको साझेदारी तथा नेपाल पशुकल्याण संघसंगको सहकार्यमा पशु र मानवबीचको सम्बन्धलाई मध्यनजर गरेर देशका विभीन्न जिल्लाका २५ जना पत्रकारका लागि तालिम दिइएको हो ।
तालिम भोली सम्म चल्ने छ । पशु तथा प्रकृतिप्रेमी पत्रकार सञ्जाल निर्माणमा सघाउने उदेस्यले तालिमको उदेश्य रहेको छ ।