कृषि उद्यमबाट नै देश आत्मनिर्भर बन्न सक्छः कृषिमन्त्री लामा
प्रदेश तीनको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कृषि उद्यमबाट नै देश आत्मनिर्भर बन्न सक्ने बताउनु भएको छ ।
आज हेटौंडामा युएनडिपीको सहकार्यमा नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश तीन र उद्योग बाणिज्य संघ मकवानपुरको आयोजनामा भएको व्यवसाय र मानव अधिकार सम्बन्धी कार्यशाला गोष्टीमा बोल्दै उहाँले कृषिमा आत्मनिर्भर बन्न सके मात्र सरकारले देखेको समृद्ध नेपाल सुखी नेपालीको सपना पुरा हुने बताउनुभयो ।
कृषि उद्यममा प्रसस्त संभावना रहेको र अत्मनिर्भर बन्ने माध्यम पनि भएकोले यसलाई आत्मसाथ गर्न उहाँले उद्योगी व्यवसायीहरुलाई आगैह पनि गर्नुभयो । उहाँले भन्नुभयो– “उद्योग संचालन गर्नुस् के–के गर्नपर्छ प्रदेश सरकार तयार छ ।”
मन्त्री लामाले कम लगानीमा बढी संभावन रहेको र डाँडापाखामा पनि संचालन गर्न सकिने उद्यम नै कृषी उद्यम भएकोले यसमा लगानी गर्न आग्रह गर्नुभयो ।
उद्योगी व्यवसायीहरुले कार्यक्रममा उद्योग मात्र भन्ने तर प¥र्याप्त उत्पादन हुने किसिमका उद्योगको सवाल छुटाउने गरेको समेत मन्त्री लामाको गुनासो छ ।
कार्यक्रममा मानव अधिकार संरक्षणमा उद्योगी तथा व्यवासयीहरुले सकारात्मक भुमिका खेल्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका थिए ।
उद्योगमा प्रयोग हुने श्रमिकको मानव अधिकार संरक्षण गरिनु पर्ने तथा उत्पादित बस्तु तथा सेवाले मानव अधिकार हनन् हुने बारे समेत उद्योगीहरु सचेत हुनुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।
कार्यक्रममा व्यवसाय र मानव अधिकार सम्बन्धी मार्गदशक सिद्धान्तबारे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणिन्द्र गौतमले सहजीकरण गर्नुभएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानको बिशेष अतिथ्यता तथा उद्योग वाणिज्य महासंघ प्रदेश तीनका अध्यक्ष दिनेश श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामा, संयुक्त राष्ट्र संघ अन्र्तगत न्यायका लागि पहुँचका कार्यक्रमका संयोजक रत्न श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल लगायतको आतिथ्यता रहेको थियो ।