त्रिवेणीधाम नजिकै राप्तिखोला किनारमा एक पुरुषको शव फेला
हेटौँडाको कुष्माण्ड सरोबर त्रिवेणीधाम नजिकै राप्तिखोला किनारमा एक पुरुषको शव फेला परेको छ ।
अन्दाजी ४५ बर्षको जस्तो देखिने पुरुषको शव खोला किनारमा ढुङगामा चेपिएको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
खबर पाएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह सहित इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवाहको टोली घटनास्थल पुगेको थियो ।
शवको पहिचाल खुल्न नसकेको र अहिले पोष्टमार्टमका लागि हेटौडा अस्पतालमा राखिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।
आजै दिउँसो हेटौडा १९ मा रहेको चनौटा सामुदायिक वनमा एक महिलाको शव सडेगलेको अवश्थामा फेला परेको थियो ।