चनौटा सामुदायिक वनमा महिलाको शव भेटियो

छहारी संवाददाता
कार्तिक ३०, २०७६

हेटौंडा उपमहानगरपालिका–१९ स्थित चनौटा सामुदायिक वनमा एक महिलाको शव फेला परेको छ । 

शरीर जलेको तथा कुहिएको अवस्थामा महिलाको शव फेला परेको हो । महिलाको परिचय खुल्न सकेको छैन ।

स्थानीयले जानकारी दिएपछि प्रहरी घटनास्थलमा पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता ललनकुमार कुर्मीका अनुसार महिलाको शरीरको पेटको भाग जलेको छ भने टाउको छुट्टिएको अवस्थामा रहेको छ । 

जंगलबाट गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*