जनचेतना जगाउन सचिन तेन्दुलकर नेपालमा
युनिसेफको पोषण सम्बन्धी जनचेतना कार्यक्रममा सहभागी हुन भारतका पूर्व क्रिकेटर सचिन तेन्दुलकर नेपाल आएका छन् ।
युनिसेफको सदभावना दूत रहेका तेन्दुलकरले कीर्तिपुरको मैदानमा शनिबार नेपालका पूर्व खेलाडी बिनोद दासको टिमसँग च्यारिटी खेल खेल्ने भएका छन् ।
कीर्तिपुर मैदानमा आज बिहान १० बजेबाट खेल सुरु हुनेछ । दुवै टिममा युनिसेफले स्कुलका विद्यार्थीलाई समावेश गरेर टिम गरिएको छ ।
यही कार्यक्रमका लागि हाल भारतमा रहेका यू–१९ टिमका प्रशिक्षक विनोदकुमार दास नेपाल आइसकेका छन् । बालबच्चालाई पौष्टिक आहारका विषयमा सचेतना अभियान अन्तर्गत उनि समावेश गरिएका हुन् ।