शुल्क बढी लिएको भन्दै नेविसंघद्वारा मकवानपुर क्याम्पसलाई ध्यानाकर्षण

छहारी संवाददाता
कार्तिक २९, २०७६

शैक्षिकसत्र २०७६/७७ को लागि कक्षा ११ को रजिस्ट्रेसन फारम भर्दा बढी शुल्क लिएको भन्दै  नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाइ समितीले प्रशासनलाई ध्यानाकर्षण गराएको छ ।

फारम शुल्क ४०० रुपैयाँ लिनु पर्नेमा ५०० लिएको र डबल दस्तुर ८०० रुपैयाँ लिनुपर्नेमा १००० लिएको भन्दै नेविसंघले ध्यानाकर्षण गराएको हो ।

नेविसंघका संयोजक सन्तोष चौलागाई र सहसंयोजक मिलन पुडासैलीद्धारा हस्ताक्षरीत ज्ञयापन पत्रमा विद्यार्थिबाट लिएको बढी रकम तत्काल फिर्ता गर्न माग गरिएको छ ।

साथै यस्तो गैर जिम्मेवार कार्यमा संलग्न हुनेलाइ छानबिन गरि कार्वाहीको दायरामा ल्याउन नेविसंघले जोडदार माग गरेको छ । आर्थिक पारदर्शीतामा ध्यान दिन पनि नेविसंघले सचेत गराएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*