बालबालिकाको सवालमा प्रदेश ३ सरकार सचेत छः मुख्यमन्त्री पौडेल 

छहारी संवाददाता
कार्तिक २८, २०७६

प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले बालबालिकाको सवालमा प्रदेश सरकार सचेत रहेको वताउनु भएको छ ।

सांसदहरुको सहकार्य समन्वय समूहको आयोजनामा आज हेटौडामा भएको प्रादेशिक संरचनामा प्रारम्भिक बालविकासका संवैधानिक अधिकार तथा दायित्व विषयक परामर्श कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

प्रदेश सरकार सवैका लागि नयाँ सरकार रहेकाले परिवर्तनको दिशामा काम गर्न आफुहरु तयार रहेको मुख्यमन्त्री पौडेलको भनाई छ ।

बालबालिको क्षेत्रमा काम गर्न प्रदेश सरकारले कानून निर्माण गरेको र कार्यान्वयनको चरणमा रहेको भन्दै उहाँले कानून र जनसक्तिको अभावमा पनि प्रदेश सरकारले काम गरिरहेको वताउनुभयो । हरेक कामको परिणाम निस्कने गरी गर्नु पर्ने भन्दै उहाँले परिणममुखी काम गर्न निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा प्रदेश तीनका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल, प्रदेश तीनका सामाजिक विकास मन्त्री युवराज दुलाल, पूर्व सांसद सीता कुमारी पौडेल, सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाका संस्थापक अगाथा पाख्रिन थापा, राष्ट्रिय सभाका सदस्य डाक्टर विमला राई पौड्याल लगायतको आतिथ्यता रहेको थियो ।

संघीय सांसद सत्य पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा संघीय तथा प्रदेश सांसदहरु, प्रदेश नीति तथा योजना आयोगका सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*