प्रधानमन्त्रीलाई १६ बुँदे माग सहितको ज्ञापन पत्र 

छहारी संवाददाता
कार्तिक २८, २०७६

निर्माण व्यवसायी संघ मकवानपुरले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई १६ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएको छ ।

संघले पटक पटक उठाएका निर्माण उद्योग प्रवद्र्धन गर्ने मागहरुमा कुनै संबोधन नगरिएको भन्दै प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको हो ।

सार्वजनिक खरिद क्षेत्रलाई नै धरासायी बनाउने गरि राखिएका प्रावधानहरु तत्काल संशोधन तथा खारेजीको माग गर्दै १६ बुँदे ज्ञापन पत्र बुझाएको हो ।

२०७६ साउन १६ गते बुधबारको नेपाल राजपत्रमा तेश्रोपटक संशोधन गरि प्रकाशित सार्वजनिक खरिद (आठौं संशोधन) नियमावली २०७६ ले म्याद थप र बैंक क्रेडिट लाईनमा नकारात्मक असर हुने प्रकारका प्रावधान राखेकाले अब महासंघको निर्णय अनुसार स्थगित भएको आन्दोलन पुनः सुरु गर्ने संघका अध्यक्ष श्यामकसुन्दर ढकालले जानकारी दिनुभयो ।

ज्ञापनपत्रमा दफा ५५ (३) मा जत्तिसुकै अवधिको जस्तोसुकै निर्माण कार्य खरिदमा पनि मूल्यवृद्धि समायोजन गरि भुक्तानी हुने व्यवस्था हुनुपर्ने, दफा ६३ उपदफा १ मा स्वीकृतिको लागि छनौट भएको बोलपत्रदाता वा प्रस्ताववदाता खरिद सम्झौता गर्न नआएमा धरौटी जफत गरिने व्यवस्था यथावत राखी कालोसुचीमा राख्ने व्यवस्था हटाउनु पर्ने लगायतका मागहरु राखिएको छ ।

संघका महासचिव बालकुमार मल्लले प्रमुख जिल्ला अधिकारी जोशी समक्ष ज्ञापनपत्र पढेर सुनाउनु भएको थियो । पत्र लिए पश्चात प्रमुख जिल्ला अधिकारी जोशीले पत्र प्रधानमन्त्री कार्यालयमा पु¥याउने बचन दिनुभयो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*