शिक्षा शाखाहरूसंग समन्वय नहुँदा प्रशासनिक काममा ढिलाई 

छहारी संवाददाता
कार्तिक २७, २०७६

शिक्षा समन्वय ईकाइ मकवानपुरले जिल्लाका स्थानिय तहहरुमा रहेका शिक्षा शाखाहरूसंग समन्वय नहुँदा प्रशासनिक काममा ढिलाई र कार्यान्वयन गर्न कठिनाई भएको जनाएको छ । 

कानुनत शिक्षा समन्वय ईकाइ र स्थानिय तहमा रहेका शिक्षा शाखा विच समन्वयको कुनै आधार नभयको कारण समन्वय गर्न कठिनाइ भईरहेको समन्वय ईकाईका प्रमुख लिलानाथ गौतम बताउनुभयो।

शिक्षा सेवा आयोगले परीक्षा लिएर उतिर्ण भएका शिक्षकहरूको नियुक्ति देखि लिएर शिक्षक तथा विधालयको तथ्यांक अपडेट गर्न समेत कठिनाई भयका कारण नतिजा प्रकाशन गर्न समेत ढिलासुस्ति भएको जनाएको छ । करिव ३ वर्ष देखि अघि देखिको अपडेट भएको छैन ।

जिल्लाका शिक्षक तथा विधार्थिको नया तथ्यांक, स्थानिय तहवाट कागजात तथा तथ्यांक समयमा नै प्राप्त नहुने जस्ता समस्या रहेको हुँदा जसले गर्दा काममा ढिलासुस्ति भयको उहाँको भनाइ छ । यस्ता समस्याका कारण नतिजा प्रकाशनमा समेट वाधन पुर्याएको ईकाईले जनाएको छ । 

हाल जिल्लामा ५०० वटा विधालय रहेको ईकाईको आकलन गरेको भएपनि हाल जिल्लामा कति वटा विधालय संचालनमा रहेको छन भन्ने यकिन तथ्यांक ईकाइसंग रहेको छैन । 

ईकाइमा ८ जना कर्मचारिको दरवन्दि रहेको भएपनि कार्यालय प्रमुख, अधिकृत र कार्यालय सहायक बाहेक अन्य कर्मचारिको समेत अभाव रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*