बालिकालाई करणी गर्ने जयराम रुम्बालाई फासीको सजाय माग
हेटौडा १५ की एक बालिकालाई करणी गर्ने जयराम रुम्बालाई फाँसीको सजाय माग गर्दै आज पिडित पक्षले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा नाराबाजी गरेका छन् ।
रुम्बालाई हदैसम्मको कारवाहीको माग गर्दै पिडित पक्षले नाराबाजी तथा प्रदर्शन गरेका हुन् । कार्तिक १७ गते हेटौडा १५ की ८ वर्षीय बालिकाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले रुम्बालाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
हेटौडा १५ बस्ने २८ बर्षका रुम्बाले घरमा कोहि नभएको बेला करणी गरेका थिए । बेहोस अबस्थामा फेला परेकि बालिकालाइ हेटौडा अस्पतालमा जाँच गराउदा करणी भएको पुष्टी भएको थियो ।
घटना पछि आक्रोशित बनेका पिडित पक्षले आज जिल्ला प्रहरी कार्यालय अगाडी प्रदर्शन गर्दै रुम्बालाइ फाँसि वा लिङग काट्ने हदै सम्मको सजायको माग गरेका हुन् ।
यता जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख मुकेस कुमार सिहंले भने २५ दिन म्याद थप गरी अनुसन्धान भैरहेको जानकारी दिनु भएको छ ।