घटनाको सुक्ष्म अध्ययन गर्न सिसि क्यामेराको महत्वपूर्ण भुमिका हुन्छः एसपी सिंह
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख मुकेश कुमार सिहंले नगरमा शान्ति सुरक्षाको लागी सिसि क्यामेराले महत्वपूर्ण भुमिका निर्बाह गर्ने बताउनु भएको छ । उहाँले समाजमा हुने जुनसुकै घटनाको सुक्ष्म अध्ययन गर्न सिसि क्यामेराले महत्व राख्ने उहाँको भनाई छ ।
हेटौडा उपमहानगरपालीका वडा नम्बर १९ को बजार क्षेत्रमा सुरक्षा स्थीति मजबुद बनाउने उदेश्यले जडान गरीएको सिसि क्यामेराको आज उद्घाटन कार्यक्रममा उहाँले प्रहरीलाइ हस्तान्तरण गरीएको साँचोको रक्षा गर्ने प्रतिबद्धता जनाउनु भयो ।
सिसि क्यामेराको सुरक्षाको लागी प्रहरी परीचालन गर्ने बताउँदै उहाँले स्थानिय, टोल विकास संस्था र वडाले शान्ति सुरक्षमा देखाएको चासो प्रति आभार व्यक्त गर्नुभयो ।
सात लाख लगानिमा जडान गरीएको सिसि क्यामेरा कोठाको साँचो आज एक कार्यक्रमका बिच हेटौडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले एसपी सिंहलाइ हस्तान्तरण गर्नुभएको हो ।
क्यामेराको लागी हेटौडा उपमहानगरपालिकाले एक लाख, १९ नम्बर वडा कार्यालयले ३ लाख, क्रसर ब्यबसायीहरुले ७० हजारका साथै समुदायले एक लाख २५ हजार रुपैया सहयोग गरेका छन ।
वडामा १४ वटा सिसि क्यामेरा जडान गरीएको र अब केहि दिनमा नै दुइ वटा थप गरीने वडा कार्यालयले जानएको छ ।
बस्तिपुर पुलचोक टोल बिकास सस्थाकि अध्यक्ष अन्जु पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला ट्राफीक कार्यालय मकवानपुरका प्रमुख हरी बिष्णु ढकाल शसस्त्र प्रहरी बल हेटौडाका प्रमुख बिकास घिमिरे, तिन नम्बर वडा अध्यक्ष राम कुमार पुडासैनि लगायत १७ वटा टोल बिकास सस्थाका प्रतिनिधिका साथै स्थानियहरुको उपस्थीति रहेको थियो ।