भाषण मात्र गरेर चुनाव जितिन्नः कांग्रेस सभापति देउवा
नेपाली काङ्ग्रेसले चुनाव कसरी जित्ने कुरामा ध्यान दिनुपर्छ भाषण गरेर नहुने नेपालि काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बताउनु भएकाे छ ।
केन्द्रीय निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान द्वारा अायाेजित महाधिवेशन प्रतिनिधिहरूका लागि ३ नं प्रदेशस्तरिय दुईदिने प्रशिक्षण कार्यक्रममा बाेल्नुहुदै देउवाले चुनाव जितेरै कम्युनिष्टहरू शक्तिशालि भयकाे कुरालाइ स्विकार्नुपर्छ भन्नुभएकाे छ ।
हाल सरकारवाट प्रजातन्त्रको मर्मलाई घाेच्ने काम भयकाे छ भन्दै देउवा भन्नुहुन्छ-" काङ्ग्रेसलाई अबकाे उपनिर्वाचनमा जिताउनुस ६५ प्रतिषत वृद्द भत्ता वढाउछु ।"
सिमा विवादका कुरा काेट्याउदै देउवाले कालापानि नेपालकाे हाे भुमि मिचियकाे हाे भन्ने सुनियकाे छ तर यसमा हालसम्म तथ्यता छैन भन्नुभयाे ।
नेपाली भुमि लिपुलेक भारत र चिनकाे केन्द्विन्दु रहेकाे दावि गर्दै देउवा भन्नुहुन्छ-" भारतसंग सिमा विवादका कुरा समाधान गर्न दंगा मार्फत हुन्न बार्ता गर्नुपर्छ ।"
नेपाल सरकारले हाल मनगणन्ते कुराकाे खेति गरेर बसिरहेकाे प्रति रुष्ट हुँदै नेपाली जनताकाे घरमा वाटाे पुर्याउन सकियकाे छैन ऋण लियर रेल ल्याउने कुरा लज्जास्पद रहेकाे बताउनभयाे ।
कार्यक्रममा बाेल्नुहुँदै देउवाले नेपालकाे अवस्था संकटकाे घेरामा रहेकाे बताउँदै अन्तरास्ट्रिय स्तरबाट समेत घेरामा परेकाे नेपालकाे प्रजातन्त्र तथा लाेकतन्त्रमा अाघात पुग्ने काम भयाे भने कुनै हालतमा अाफ्नाे पार्टि सहने छैनाै लडे र भयपनि अस्तित्वकाे जगेर्ना गर्दछाै भन्नुभयाे ।