५२ प्याकेट प्रतिबन्धित औषधी सहित १ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौडा १० बसपार्कबाट प्रतिबन्धित औषधी सहित १ जनालाई पक्राउ गरेको छ ।
हेटौडा १३ पदमपोखरीका २९ वर्षका दिपक सिंह मोक्तानलाई ५२ प्याकेट प्रतिबन्धित औषधी ट्रमा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।
आज बिहान पौने पाँच बजेतिर शंकास्पद अवस्थामा हेटौडा बसपार्कमा हिडिरहेका मोक्तानलाई चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित औषधी भेटिएको प्रहरीले जनाएको छ ।
उनलाई आवश्यक कार्वाहीको लागि औषधी व्यवस्था विभाग विरगंज पठाउने तयारी भइरहेको छ ।पछिल्लो समय जिप्रका मकवानपुरले व्यापक रुपमा राती तथा दिनको समयामा विभिन्न स्थानको गस्ति गरिरहेको छ ।