बजारिकरणको अभावले मकवानपुरमा हस्तकलाका सामग्री लोप हुँदै
बालबच्चाले ठेकि भनेको के हो भन्दा अभिभावकले अब गुगल सर्च गर्नुपर्ने अवस्थाको सिर्जना भईसकेको छ ।
काठको ठेकि पाइने जिल्लाका रुपमा प्रख्यात मकवानपुरमा अहिले बजारिकरणको अभावमा ठेकि लोप हुने अवस्था छ । मकवानपुरमा काठको सामग्री, गलैंचा, अल्लोबाट निर्मित झोला, पर्स, जुत्ता तथा कढाइ गरेको कपडाहरु उत्पादन हुने गरेको छ ।
बाह्य मुलुकमा जस्तो नेपालमा हस्तकला सामान प्रति न त सरकारले चासो दिन्छन न त मानिसहरूले नै दिन्छन भन्नुहुन्छ मकवानपुर हस्तकला संघका अध्यक्ष ज्ञानभक्त लामा ।
काठको ठेकि मात्र नभएर मकवानपुरमा प्रवल सम्भावना रहेको हस्तकलाका सामानहरू बजारीकरणको अभावमा हस्तकला व्यवसायिक बन्न नसकेको उहाँको धारणा छ ।
मकवानपुरमा स्थानीय काठको ठेकी, तथा काठका अन्य हस्तकलाका सामग्रीहरु उत्पादन भइरहेको भएपनि व्यवसायिक हुन नसक्नुमा प्रचारप्रसार, बजारिकरणको अभाव तथा स्थानिय सरकारले चासो नदिनु हो भन्नुहुन्छ लामा ।
त्यसैगरि जिल्लाका स्थानिय स्तरका हस्तकला मार्फत गलैंचा उत्पादन भएपनि बजार व्यवस्थापन हुन सकेको छैन । पछिल्लो समय हस्तकला उत्पादनमा पुरुष भन्दा महिलाहरु बढी सक्रिय हुन थालेको लामाको भनाइ छ
यि हस्तकलाको राम्रो सम्भावना रहेको उहाँको भनाइ छ ।
सरकारले युवाहरुलाई उद्यमी बनाउने तथा सिप सिकाउने घोषणा गरेका भएपनि स्थानीय हस्तकलाको बिकास तथा बजारीकरण र प्रचारप्रसारमा स्थानीय, प्रदेश तथा सङ्घीय सरकारमध्ये कसैले पनि ध्यान नदिएको संघका अध्यक्ष लामाले बताउनुभयो ।
हस्तकलाबारे स्थानीयमा समेत चासो कम रहेको र स्थानीय बजारमा माग कम रहेको बताउदै उहाँले हस्तकलाको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको बजार व्यवस्थापन गर्न सबै तहका सरकारहरुले समन्वयात्मक भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।