हेटौंडा जेसीजले मंसिर ७ देखि १३ गतेसम्म जेसीज सप्ताह मनाउँदै 

छहारी संवाददाता
कार्तिक २६, २०७६

हेटौंडा जेसीजले मंसिर ७ देखि १३ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह मनाउँदै छ ।

जसअन्तरगत मङ्सीर १ देखि ५ गतेसम्म अष्ट्कुमारी शाक्य स्मृती जिल्ला स्तरीय टी २० क्रिकेट प्रतियोगिता हुनेछ । प्रतियोगितामा ६ टिमको सहभागीता रहने जनाइएको छ ।

क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १५ हजार, दोस्रो हुने टिमलाई नगद १० हजार र अनुशासित टिमलाई नगद १० हजार रुपैया पुरस्कार दिइने हेटौडा जेसिजका सन्देश डिसीले जानकारी दिनुभयो ।

यस्तै खेलको म्यान अफ द सिरिजलाई ५ हजार र बेष्ट ब्याट्स म्यान र बलरलाई २ हजार रुपैया पुरस्कार दिइनेछ । हेटौडा जेसीजले आज हेटौडामा पत्रकार सम्मेलन गरी यसवर्ष नयाँ ढंगले कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएको छ ।

यसवर्ष जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता, अन्तरजेसीज वक्तृत्वकला, रक्तदान, जेसीज र बैंकर्सबीच मैत्रीपूर्ण फुटसल, पाँच किलोमिटर दौड प्रतियोगिता, कलेजस्तरीय पब्लिक स्पिकिङ प्रतियोगिता लगायत कार्यक्रम गर्ने तय भएको जेसीज अध्यक्ष सन्देश डिसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हेटौंडा–१५ मा रहेको विद्यालयलाई समेत सहयोग गर्ने कार्यक्रम जेसीज सप्ताहमा तय भएको छ । सप्ताहव्यापी कार्यक्रम सफल बनाउन हेटौंडा जेसीजका कार्यकारिणी उपाध्यक्ष दीपेश जोशीलाई कार्यक्रम संयोजक र शिवकुमार श्रेष्ठलाई सहमूल कार्यक्रम संयोजक तोकिएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*