मकवानपुरका करिब ५५ प्रतिशत प्रतिष्ठान आफ्नै घरमा संचालित

छहारी संवाददाता
कार्तिक २६, २०७६

मकवानपुरका करिब ५५ प्रतिशत प्रतिष्ठानहरू आफु वसोवास गर्ने घरमा संचालन हुने गरेको तथ्याङक मा देखिएको छ। 

जिल्लामा करिव १६ हजार प्रतिष्ठानहरू रहेकोमा ८७७५ वटा प्रतिष्ठानहरू अर्थात ५४.७० प्रतिशत आफ्नै घरमा संचालन हुने गरेको तथ्याङकले देखाएको हो । 

आज राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजा सार्वजनिकीकरण गोष्ठीमा तथ्याङक कार्यालय मकवानपुरका कार्यालय प्रमुख रमेश दासले प्रदेश तिनमा १ लाख ५ हजार ९०३ प्रतिष्ठान आफु बसोबास गर्ने घरमा संचालन हुने गरेको जानकारी गराउनु भएको हो ।  

तथ्याङ्क कार्यालयले करिव दुई महिना लगायर तयार पारेको तथ्यांक अनुसार कृषि वन तथा माछापालन व्यवसाय, औधोगिक उत्पादन क्रियाकलाप, पानी आपुर्ति ढल फोहोर व्यवस्थापन तथा प्रशोधन क्रियाकलाप र निर्माण, थोक तथा व्यापार मोटर गाडि मोटरसाइकल मर्मत, यातायात तथा गोदाम र सुचना तथा संचार, वित्तिय तथा विमा, मानव स्वास्थ्य तथा सामाजिक कार्यका क्रियाकलाप, शिक्षा, आवास सुविधा तथा खाना व्यवस्था र अन्य गरि १७ वटा क्षेत्रवाट तथ्याङ्क संकलन गरेको थियो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम राज जोशीको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा तथ्याङक कार्यालय प्रमुख राजेश दास, जिल्ला प्रहरी कर्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंह लगायतको आतिथ्यता रहेको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*