देशभरमा ९ लाख २३ हजार प्रतिष्ठान मध्ये आधा विना दर्ता संचालन

छहारी संवाददाता
कार्तिक २६, २०७६

देशभरमा देशभरमा ९ लाख २३ हजार प्रतिष्ठानहरू मध्ये आधा प्रतिष्ठानहरू विना दर्ता संचालनमा रहेको एक तथ्याङ्कले देखाएको छ ।

तथ्याङक कार्यालय हेटौंडाले आज राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजा सार्वजनिकीकरण गोष्ठीमा यस्तो जानकारी दिएको हो । 

मकवानपुरमा १६ हजार ४१ प्रतिष्ठान अर्थात ४७ प्रतिशत मात्र सरकारी निकायमा दर्ता भई संचालनमा रहेका छन् । प्रदेश तिनमा भने ७५ प्रतिशत प्रतिष्ठानहरू दर्ता रहेको देखिएको छ । 

तथ्याङक कार्यालय हेटौंडाले बैशाख १ गतेदेखि जेठ ३१ गतेसम्म दुई प्रकारका लागत फारम र तथ्याङ्क संकलन मार्फत संकलित तथ्य अनुसार देशभरमा ५४.५ प्रतिशत युवा व्यवसायी रहेको तथ्याङकले देखाएको छ ।

आर्थिक क्रियाकलापको क्षेत्र अनुसार सबैभन्दा वढि थोक तथा खुद्रा व्यापार, मोटर गाडि, मोटरसाईकलको मर्मतमा नेपालभरका करिव ३१ प्रतिशत जनशक्ति सहित ५४ प्रतिशत प्रतिष्ठान संचालनमा रहेका छन ।

त्यसैगरि प्रदेश तिनमा २७ प्रतिशत जनशक्ति सहित ५१ प्रतिशत प्रतिष्ठान र मकवानपुर जिल्लाको ३१ प्रतिशत जनशक्ति सहित करिब ५० प्रतिशत प्रतिष्ठानहरू संचालनमा रहेका छन ।

त्यस्तै देशभरमा यातायात तथा गोदाम र सुचना तथा संचार क्षेत्रमा प्रतिष्ठान तथा जनशक्ति कम रहेको तथ्याङ्कले देखाएको छ ।

जिल्लामा १६ हजार ४१ वटा प्रतिष्ठानहरु रहकोमा जम्मा १७ हजार ५६८ जना महिला र २९ हजार ४ जना पुरुषहरु व्यवासयमा संलग्न रहेको, जसमध्ये हेटौंडामा ९ हजार २ सय ९ वटा प्रतिष्ठानमा ३१ हजार ५ सय ८८ जना संलग्न रहेको मध्ये ११ हजार १ सय १५ रहेको छन् ।

थाहा नगरपालिकामा १ हजार ३ सय ४७ प्रतिष्ठानमा महिला १२ सय ८० रहेका छन भने सबैभन्दा कम कैलाश गाउपालिकामा ३३५ वटा प्रतिष्ठानमा ६५५ जनशक्ति मध्ये महिला जनशक्ति ३६४ रहेका छन । 

त्यस्तै २०६० देखि २०६९ सम्ममा जिल्लामा २७ प्रतिशत प्रतिष्ठान मात्र सञ्चालनमा रहेकोमा वृद्धि भइ २०७० देखि पाँच बर्षमा ५८ प्रतिशत थप सञ्चालन शुरु भएका छन । 

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम राज जोशीको सभाध्यक्षता रहेको थियो ।

कार्यक्रममा तथ्याङक कार्यालय प्रमुख राजेश दास, जिल्ला प्रहरी कर्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंह लगायतको आतिथ्यता रहेको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*