भारतको मिचाह प्रवृत्ति बिरुद्ध नेविसंघको बिरोध प्रदर्शन (तस्विरहरु)
भारतले हालै प्रकाशित गरेको आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक,लिम्पियाधुरा सहितको भूभाग पारेको प्रति नेपाल विद्यार्थी संघ मकवानपुरले आज हेटौँडामा विरोध प्रर्दशन गरेको छ ।
आवद्ध नेवसंघका विद्यार्थीहरुले आज र्याली तथा कोणसभा आयोजना गरी विरोध प्रदर्शन गरेका हुन् ।
र्यालीमा गो व्याक इण्डिया, खराब छिमेकी चाहिदैन–नेपाली भूमि मिच्न पाईदैन, लगायतका नारा लगाउँदै भारतलाई सचेत गराइएको थियो ।
मकवानपुर बहुमुखी क्याम्पस, हेटौँडा क्याम्पस र बन विज्ञान अध्ययन संस्थानबाट विद्यार्थीहरुले भारतविरुद्ध नारावाजी गर्दै र्याली निकालेका हुन् ।
विद्यार्थीहरुले लिपुलेक नेपालको भएको भन्दै नयाँ नक्सा परिवर्तन गर्न भारतलाई दबाद दिन केपी ओली नेतृत्वको सरकारसंग माग पनि गरेका छन् ।