अमलेखगञ्ज र रातोमाटेमा सवारी दुर्घटना, १ जनाको मृत्यु, १२ जना घाइते
बाराको अमलेखगञ्ज आधाभार नजिकै आज बसले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।
दुर्घटनामा हेटौँडा–४ का ५८ बर्षीय उदयराज सापकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएकी सापकोटाकी श्रीमति दुर्गाको सिमरास्थित अल्पाईन अस्पतालमा उपचार भईरहेको छ ।
पथलैयाबाट हेटौँडा आउँदै गरेको ना ७ ख २०२ नम्बरको बसले र पथलैया जाँदै गरेको ना ५५ प६४४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
सापकोटाक नारायणी उपक्षेत्रीय अस्पताल बिीगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रातोमाटेमा ट्यांकर दुर्घटना हुदाँ ११ जना घाइते
हेटौँडा–१५ रातोमाटेमा आज भएको ट्यांकर दुर्घटनामा चालक सहित ११ जना घाइते भएका छन् ।
ट्यांकर चालक सल्यानको शारदा नगरपालिका २ का २७ बर्षीय खगेन्द्र डांगीले मादक पदनर्थ सेवन गरी सवारी चलाउँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।
बाराको जितपुर सिमरा उपमहारपालिका वडा नम्बर १ की ३२ वर्षकी भावना थापा, ३६ वर्षकी रेनू देवी मगर, ५० वर्षकी लिला स्यांतान, २७ वर्षकी पवित्रा भोम्जन, २३ वर्षका रुदेल थापा, २० वर्षकी ज्योति घिसिङ, ६ वर्षका पियासु भोम्जन, ४ वर्षका पिगेश भोम्जन, २७ वषकी सुशिला स्याङतान र सोही स्थानकी २५ वर्षिय विमला स्याङबो घाइते भएका छन् । घाइते मध्ये सुशिला स्याङतानको अवस्था गम्भिर रहेको प्रहरी जनाएको छ ।
घाइते मध्ये सुशिला स्याङतान, को अवस्था गम्भिर रहेको प्रहरी जनाएको छ । घाइतेहरुको हेटौँडा अस्पतालमा उपचार भईरहेको छ ।
अमलेखगञ्जबाट इन्धन बोकेर हेटौँडा आउँदै गरेको लु १ ख ६५८२ नम्बरको टयांकरले ना ४ ख ४३५१ को बस र ना १ ज ६२४४ नम्बरको सुमोलाई सामान्य ठक्कर दिएर अनियन्त्रित भई खोल्सामा पल्टिएको थियो । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।