हेटौंडा कपडा उद्योग क्षेत्र परिसरमा सरसफाई (तस्विरहरु)

छहारी संवाददाता
कार्तिक २४, २०७६

हेटौंडा कपडा उधोग क्षेत्र परिसरमा आज सरसफाई गरिएको छ ।

हेटौंडा औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालय प्रमुख राजेन्द्र कँडेलको संयोजकत्वमा हेटौंडा कपडा उधोग क्षेत्र परिसरमा सरसफाई गरिएको हो ।

हेटौंडा औधोगिक क्षेत्र व्यवस्थापन कार्यालय र सशस्त्र प्रहरी बल नेपाल १४ न गणको संयुक्त टोलिले साबिकको हेटौंडा कपडा उधोगको परिसरमा विहान सरसफाइ गरेको हो ।

औधोगिक क्षेत्रलाई हराभरा र झारपात झाडिमुक्त बनाउने योजनाका साथ सरसफाइ गर्ने कार्यलाई निरन्तरता दिने उद्देश्यले सरसफाई अभियान सुरू गरेको औधोगिक व्यवस्थापन क्षेत्र कार्यालयका प्रमुख कँडेलले बताउनुभयो ।

औधोगिक क्षेत्रमा मासिक रूपमा एक पटक सरसफाई गर्दै आएको बताउँदै व्यवस्थापक कँडेलले भन्नुभयो–'औधोगिक क्षेत्रलाई थप सुरक्षित हेतु पनि औधोगिक क्षेत्र वरपरका झाडि नियमित रूपमा सफा गर्ने योजना रहेको छ ।'

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*