हेटौंडा सहकारीको शेयर पूजी २ प्रतिशतले वृद्धि
हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष ०७५/०७६ मा शेयर पूजी ६२ प्रतिशतले वृद्धि गरेको जनाएको छ ।
आर्थिक वर्ष ०७४/०७५ मा शेयर पूजी ३ करोड ५२ लाख ४१ हजार १ सय रहेकोमा गत आर्थिक वर्षमा सहकारीको शेयर पूजी ३ करोड ५४ लाख ६१ हजार २ सय रुपैयाँ रहेको छ ।
जसअनुरुप सहकारीको पूजी ६२ प्रतिशतले वृद्धि भएको शनिबार भएको हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औँ साधारणसभामाको प्रतिवेदनमा उल्लेख गरेको छ ।
सहकारीमा ४ हजार ५ सय ७६ जना शेयर सदस्य आवद्ध रहेका छन् । सहकारीले एक वर्षको अवधिमा कुल बचत २९ करोड ७ हजार ५ सय ८०, ऋण लगानी २७ करोड ७९ लाख ५४ हजार ७ सय रहेको छ ।
संस्थाका अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा मकवानपुरका कृष्णप्रसाद दहालको प्रमुख आतिथ्यता रहेको थियो ।
संस्थाले आजिवन शेयर सदस्य, एसइई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने शेयर सदस्यका छात्र/छात्रा, असल ऋण लगायतलाई सम्मान गरेको थियो । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका सचिव कल्पना श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।