ग्रिण्डलेज सहकारीको १०औं साधारणसभा सम्पन्न
हेटौडा १० मा रहेको ग्रिण्डलेज बचत तथा ऋण सहकारी संस्थाको १०औं साधारणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष महेन्द्र इटेनीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा उप महानगरपालीका वडा नं १० का अध्यक्ष किताब सिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष महेन्द्र इटेनीले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कुल ५४२ शेयरसदस्य रहेको संस्थामा कुल शेयर पुँजी ७५ लाख ४८ हजार १सय रहेको छ ।
संस्थाको हालसम्म निक्षेप कोषमा २ करोड ४७ लाख ८१ हजार १९ रुपैँया रहेको छ भने संस्थाले २ करोड ७३ लाख ८२ हजार ८ सय ६२ रुपैंया शेयर सदस्यहरुलाई विभिन्न शिर्षकमा ऋण प्रवाह गरेको अध्यक्ष इटेनीले जानकारी दिनुभयो ।
यस्तै कार्यक्रममा उत्कृष्ट कर्मचारी, बचतकर्ता, असलऋणीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष गोपि प्रसाद न्यौपाने ,सचिव सागर सापकोटा लगाएतकाको उपस्थिती थियो ।