युसेसको साधारणसभा सम्पन्न
हेटौडा ४ मा रहेको युसेस बचत तथा ऋण सहकारी संस्थाको १०औं साधारणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष उत्तम शर्मा ढकालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा उप महानगरपालीकाका प्रमुख हरी बहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष उत्तम शर्मा ढकालले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कुल ६०० शेयरसदस्य रहेको संस्थामा कुल शेयर पुँजी ५७लाख ९२हजार ८सय रहेको छ ।
संस्थाको हालसम्म निक्षेप कोषमा २करोड ३लाख २३हजार २सय ४९ रहेको छ भने संस्थाले ३करोड ८लाख १०हजार ४३ रुपैंया शेयर सदस्यहरुलाई विभिन्न शिर्षकमा ऋण प्रवाह गरेको अध्यक्ष ढकालले जानकारी दिनुभयो ।
यस्तै कार्यक्रममा उत्कृष्ट कर्मचारी, बचतकर्ता, असलऋणीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाकी कोषाध्यक्ष आशा ढकाल, हेटौडा उप महानगरपालीका आर्थिक विकास महासाखा प्रमुख रामकृष्ण थापा, लगाएतकाको उपस्थिती थियो ।