सुरक्षित बचत तथा ऋण सहकारीको कारोबार ८ करोड बढी
सुरक्षित बचत तथा ऋण सहकारी संस्थाले आफ्नो कुल कारोबार ८ करोड १९ लाख ५७ हजार नघाएको छ।
शनिबार भएको ९ औं वार्षिक साधारणसभामा अध्यक्ष नवराज अर्यालले ८ सय ६८ शेयर सदस्यबाट १ करोड २७ लाख ३६ हजार शेयर पु“जी र २८ लाख २३ हजार नाफा प्राप्त भएको जानकारी दिए ।
सहकारी कोषाध्यक्ष छतेन्द्र आचार्यले आर्थिक वर्ष २०७४/०७५ को अन्त्यमा ६ सय ९२ शेयर सदस्य, १ करोड १४ लाख ६० हजार शेयर पुजी र २१ लाख ५ हजार नाफा भएको बताए ।
उनका अनुसार आव २०७३/०७४ मा घाटा पूर्ति गरी बचेको केही नाफा, आव २०७४/०७५ को नाफा र आव २०७४/०७५ कै संरक्षित पु“जीकोषको रकमबाट गरी १३ प्रतिशत लाभांश दिन सहकारी सफल भएको छ ।
आव २०७५/०७६ को मुनाफाबाट १० प्रतिशत लाभांश र संरक्षित पु“जीकोषमा छुट्याइएको ५ लाख २९ हजारमध्ये २९ हजार लाभांश कोषमा जम्मा गरी लाभांश बितरण गरिने कोषाध्यक्ष आचार्यले बताए ।
कार्यक्रममा उपाध्यक्ष बद्रीनाथ शर्मा, सचिव वीरेन्द्रप्रसाद ढुंगाना, लेखा सुपरीवेक्षण समिति संयोजक शंकरप्रसाद अधिकारी र व्यबस्थापक दुर्गाप्रसाद घिमिरेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।