हेटौंडा २ मा राजमार्गसँग जोडिएका भित्री सडक फराकिलो बन्दै
हेटौंडा २ स्थित राजमार्गसँग जोडिएका भित्री सडकहरु फराकिलो पार्न शुरु गरिएको छ ।
हेटौंडा २ स्थितउद्योग वाणिज्य सँघको चोकदेखि काँग्रेसचोक हुँदै मनकामना चोकसम्म तथा मनकामना चोकदेखि सानोपोखरा चोक सम्मको डेढ किलोमिटर सडक फराकिलो पार्न शुरु भएको हो ।
सडक स्तरोन्नतीका लागि शहरी बिकास मन्त्रालयले लोहनी बिद्याञ्चल मेरिना जेभीसँग मुल्य अभिवृद्धि करसहित ६ करोड २० लाख ११ हजारमा सम्झौता भइ काम सुरु गरीएको छ ।
सडक फराकीलो पार्न स्थानिय सडक क्षेत्र भित्र पर्ने भौतिक स्ांरचनाहरु हटाउन हेटौडा उपमहानगरपालीकाले समन्वय गरीरहेको छ ।
मन्त्रालयले गत माघमा २१ गते सडक बिस्तारको लागी सम्झौता गरेको काम ०७७ श्रावण भित्र सक्नु पर्ने सघन शहरी तथा भवन निमार्ण आयोजना चितवनका इन्जिनियर सन्दिप देबले बताउनु भयो । सडकको केन्द्रबाट नाला सहित १३ मिटर सडक बिस्तार हुने उहाँले बताउनु भयो ।