व्यवहार बिग्रे अदालत, स्वास्थ्य बिग्रे अस्पतालः मुख्य न्यायधीश पौडेल
उच्च अदालत पाटन हेटौंडा ईजलाशका मुख्य न्यायधीश बिष्णुदेब पौडेलले राज्यमा सबैभन्दा बढी राम्रो काम गर्ने निकाय अदालत भएको बताउनु भएको छ ।
हेटौंडामा उच्च अदालत हेटौंडा ईजलाश पाटनले गरेको अन्तक्र्रियामा उहाँले जनताले अदालतबाट न्याय पाउने भएकै कारण शान्त भएको बताउनु भएको हो ।
मुख्य न्यायधीश पौडेलले हालसम्म अदालतमा जन गुनासो नपरेको समेत प्रष्ट्याउनुभयो । उहाँले भन्नुभयो“ व्यवहार बिग्रे अदालत, स्वास्थ्य बिग्रे अस्पताल जाने हो त्यसैले राज्यमा सबैभन्दा राम्रो काम गर्ने निकाय अदालत र अस्पताल हुनै पर्छ ।” उहाँले संचारकर्मीलाई जनमानसमा न्यायालयले गरेको कार्य पु¥याईदिन समेत आग्रह गर्नुभयो ।
हालसम्म अदालतमा चालु आर्थिक बर्षमा कुल लगत मुद्धा ९ सय ९४ वटा मध्ये २ सय ४३ वटा फ¥च्यौट भएको र ३ सय ५१ वटा बाँकी रहेको अदालतले जनाएको छ । चालु महिनामा अदालतले १ सय ७१ वटा मुद्धा फ¥च्यौट गर्ने लक्ष्य राखेको जनाइएको छ ।
अदालतले गत आर्थिक बर्षको जिम्मेवारी सरेर आएको मुद्धा २ सय ८६ वटालाई चालु आर्थिक बर्षभित्र फ¥च्यौट गर्ने चालु आर्थिक बर्षको ५० प्रतिशत फ¥च्यौट गर्ने कार्ययोजना रहेको अदालतका सुचना अधिकारी अमृत घिमिरेले बताउनुभयो ।
मुख्य न्यायाधिश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा न्यायाधिश चण्डीराज ढकाल, अदालतका रजिष्टार बिकाश श्रेष्ठ लगाएत पत्रकारहरुको सहभागिता रहेको थियो ।