स्मारक विकास समितिको पहिलो बैठकका निर्णय सार्वजनिक

छहारी संवाददाता
कार्तिक १९, २०७६

नवगठित सहिद स्मारक विकास समितिले पहिलो बैठकका निर्णयहरु आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

कर्तिक १६ गते डोरमणि पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि आज बिहान पहिलो बैठक बसेर विभिन्न समितिहरुको नेतृत्व चयन गरेको छ ।

बैठकले भ्रमण वर्ष २०२० प्रवद्र्वन समितिको संयोजकमा अनन्त पौडेल, रजत जयन्ती समारोह समितिको संयोजकमा रामेश्वर राना, भौतिक पुर्वाधार निर्माण समितिको संयोजकमा बद्रि लम्साल, प्रचारप्रसार संयोजकमा नविक सिग्देल, सहिद अध्ययन तथा अनुसन्धान केन्द्र व्यवस्थापन समितिको संयोजकमा सम्राट तुम्बाहाम्फे र बातावरण तथा सरसफाई समितिमा अक्कल बहादुर रोक्का क्षेत्रीलाई चयन गरेको छ ।

पत्रकार सम्मेलनमा सहिद स्मारकमा सहिद स्मृति स्तम्भ, सहिद अध्ययन तथा अनुसन्धान केन्द्र, पर्यटकिय झोलुङ्गे पुल, मुख्य प्रवेशद्वार निर्माण, पौडि पोखरी पुनः निर्माण, पार्किङ् क्षेत्र विस्तार, जेट फाउन्टेन, सौर्य बत्ति जडान र प्रजातान्त्रिक पार्क निर्माण गरेको उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*