मुख्यमन्त्रीले ज्ञापनपत्र बुझ्न अस्विकार गरेको प्रति कपास उद्योग व्यवसायी महासंघका महासचिवको आपत्ति

छहारी संवाददाता
कार्तिक १८, २०७६

प्रदेश तिनका मूख्यमन्त्री डोरमणी पौडेलले ज्ञापनपत्र बुझ्न अस्विकार गरेको प्रती नेपाल कपास उद्योग तथा सिरक डसना व्यवसायी महासंघका महासचिव घनश्याम पौडेलले आपत्ति जनाउनु भएको छ । 

महासंघले आज बुझाउन लागेको ज्ञापनपत्रमा आफ्ना माग पूरा नभए आन्दोलनमा उत्रिने "सरकारलाई चेतावनी" भन्ने शब्दमा  मुख्यमन्त्रीले आपत्ति जनाउँदै ज्ञापनपत्र बुझ्न अस्विकार गरि आफ्नै सभाहलबाट बाहिरिनु भएको थियो । 

महासचिव पौडेलसहित ज्ञानपन पत्र बुझाउन पुगेका केही व्यवसायीले मुख्यमन्त्रीको रबैया गलत भएको भन्दै आपत्ति जनाएका हुन् ।

अवैधानिक घुम्ती उद्योग नियन्त्रण गरि बैधानिक उद्योग र व्यवसायको संरक्षण गरिदिन माग गर्दै महासंघले मुख्यमन्त्री पाैडेल समक्ष तीन बुंदे माग सहितकाे ज्ञापनपत्र बुझाउन पुगेका थिए ।

देशकै आर्थिक विकासकाे खम्वाकाे रूपमा रहेका मझाैला तथा घरेलु उद्योगहरूकाे विकास एवं सम्वर्दनकाे लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउन पहल गर्नु पर्नेमा उल्टै मुख्यमन्त्री अव्यवहारिक भएको महासचिव सहितका केही व्यवसायीको गुनासो छ ।

यद्यपि अध्यक्ष चन्दना कोइरालासहितका केही व्यवसायीले "चेतावनी" शब्द सच्याएपछी भने  पौडेलले ज्ञापनपत्र बुझ्नु भएको थियोे । 

मूख्यमन्त्री पौडेलले घरमै पुगेर कपास बनाउने व्यवसायीले फोहर व्यवस्थापनमा महत्वपूर्ण भुमिका खेलेको प्रतिक्रिया दिनुभएको थियो । 

महासंघले भने औद्योगिक व्यवसाय ऐन २०७५ काे परिच्छेद ७ काे दफा ४४ काे उद्देश्य विपरित कार्य गरेमा हुने सजायँकाे अाधारमा कपास उत्पादन संग्लग्न सम्पुर्ण ट्रयाक्टरहरूलाई तत्काल कारवाहि गर्न , घुम्ति उधाेग संचालन विधेयक बैधानिक  उधाेगहरूकाे प्रतिकुल भएकाे भन्दै ज्ञापनपत्र बुझाएकाे हाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*