उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठको समापन

छहारी संवाददाता
कार्तिक १७, २०७६

ब्रतालुहरुले आज बिहानै उदाउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएर यसवर्षको छठ पर्व समापन गरेका छन् ।

छठ पर्वको मुख्य दिन हिजो साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको थियो ।  कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बिहीबारदेखि सुरु भएको हो ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथन बमोजिम त्यही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । 

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात् भएको विश्वास गरिन्छ ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*