अहिलेको सरकारले धर्म संस्कृतिको संरक्षण गरेको छ: रामनारायण बिडारी

छहारी संवाददाता
कार्तिक १७, २०७६

नेकपाका नेता तथा संघीय संसद अन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले अहिलेको सरकारले धर्म संस्कृतिकको संरक्षण गर्ने बताउनु भएको छ ।

आज हेटौडाको राप्ति तटमा आयोजित छठ पूजा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानले सवै जात, धर्मको संरक्षण गरेको बताउनु भयो ।

संविधानले धर्मनिरपेक्षता सुनिश्चिता गरिसकेको अवस्थामा सबै धर्मको सम्मान र संरक्षण गरेको प्रमाणहरु यस्ता पर्वमा देखिने आत्मीयता र भातृत्वले प्रष्ट पारेको बताउनु भयो ।  

आफु धर्मको बारेमा ज्ञाता नभएको भन्दै उहाले यसको महत्व बुझ्न आवश्यक रहेको बताउनु भयो । उहाँले सबैमा मानवियताको शुभकामना समेत दिनु भएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*