भारतीय नागरिक रबि केशरी मृत फेला

छहारी संवाददाता
कार्तिक १६, २०७६

हेटौंडा १० टिसियन रोडका गोपाल प्रसाद दुलालको घरमा  डेरा गरि बस्ने एक  भारतीय नागरिक मृत फेला परेका छन् । भारतको बिहारका २४ बर्षिय रबि केसरी आज आफ्नै डेरामा मृत भेटिएका हुन् । उनी कार्तिक १३ गतेदेखि बेपत्ता रहेका थिए । उनले सोही घरमा केशरी कम्युनिकेशन मोबाइल पसल समेत संचालन गरेका थिए । कोठाबाट गन्द आएकाले स्थानीय र आफन्तले खबर गरेपछि प्रहरी घटना स्थल पुगेको जिल्ल प्रहरी कार्यालयका डियसपी यज्ञ प्रसाद भट्टराईले जानकारी दिनुभयो । अहिले चेकजाँच र मुचुल्का उठाउने कार्य भइरहेको उहाले बताउनुभयो । मृत्युको कारण भने खुल्न नसकेकाले अनुसन्धान पछि मात्रै वस्तविकता खुल्ने भट्टराईको भनाइ छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*