सकारात्मक भए जस्तो सुकै अवरोधको सामना गर्न सहज हुन्छ: रघुनाथ खुलाल

छहारी संवाददाता
कार्तिक १६, २०७६

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सबैको सोच र धारणा सकारात्मक हुनु पर्नेमा जोड दिनु भएको छ । हेटौंडा ५ मा रहेको लक्ष्मीनारायण मन्दिरमा आयोजित अन्नकूट महोत्सव (छपन्न प्रकारका खानेकुरा) को समापन कार्यक्रममा प्रमुख खुलालले सकारात्मकताले भातृत्व बृद्धि हुने बिश्वास व्यक्त गर्नुभयो । प्रमुख खुलालले जुन सुकै धर्म सम्प्रदायका भयपनी मानिसको सोच भने सकारात्मक हुनु पर्ने बताउनुभयो । हिंसाले कसैको भलो नहुने उहाँको धारणा राख्दै उहाँले मानिसको सोच सकारात्मक भए जस्तो सुकै अवरोधको सामना गर्न सहज हुने बताउनुभयो । प्रमुख खुलालले लक्ष्मीनारायण मन्दिरमा रहेको शीशमहलको अवलोकन समेत गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*