हेटौंडामा पनि छठको तयारी तिब्र(तस्वीरहरु)

छहारी संवाददाता
कार्तिक १५, २०७६

छठ पर्व आजबाट सुरु भएको छ । आज पहिलो दिन ब्रतालुहरुले नहाय खाय मनायका छन् । विशेष गरि तराईका जिल्लाहरुमा मनाइने यो पर्व पछिल्लो समय देशका धेरै जसो जिल्लामा धुमधामले मनाउन थालिएको छ । यसैबीच मकवानपुरको हेटौंडामा पनि छठको रौनक सुरु भएको छ । हरेक वर्ष हेटौंडाको राप्ती नदि किनारमा ब्रतालुहरुको ठूलो भिड लाग्ने गरेको छ । तेसैले अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि हेटौंडाको राप्ती नदिको किनार सिगार्ने काम तिब्र गतिमा भइरहेको छ ।  छठलाई सभ्य एबम् भब्य बनाउनको लागि अहिले व्यवस्थापनको काम भइरहेको छ्ठ पुजा मुल समारोह समितिका सचिव नन्दलाल दासले जानकारी दिनुभयो । अहिले स्टल बनाउने, ब्रतालुहरु बस्नका लागि टेण्ट राख्ने, सुर्यदेवको मुर्ती निर्माण लगायतको काम भइरहेको उहाले जानकारी दिनुभयो । भोलि साझसम्म सबै तयारी पूरा हुने उहाँको भनाइ छ । छठको दोस्रो दिन भोलि खरना गरिन्छ भने पर्सि साझ अस्ताउदो सुर्यलाइ अर्घ दिई रातभर छठिमाइको भजनकिर्तन गर्ने चलन छ । भोलिपल्ट बिहान उदाउदो सुर्यलाइ अर्घ दियपछी छठको व्रत समाप्त हुन्छ । त्यसपछी ब्रतालुहरुले आफ्ना परिवारका सदस्यसङ बसेर छठिमाइको प्रसाद ठेकुवा, खजुरी लगायतका मिठाई तथा विभिन्न परिकार बनायर खादै रमाइलो गर्ने चलन छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*