६० हजार घुस सहित सई जटाशंकर पक्राउ

छहारी संवाददाता
कार्तिक १५, २०७६

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाले प्रहरी चौकी गञ्जभवानीपुर बाराका सई जटाशंकर प्रसाद कलवारलाई ६० हजार रुपैयाँ घुस लिँदा लिँदै पक्राउ गरेको छ ।

तस्करी खोलिदिने भन्दै कपडा व्यापारीबाट घुस लिँदै गरेको अवस्थामा कलैया उपमहानगरपालिका१ मैदामिल नजिकैबाट उनलाई घुस सहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।

घुस रकम लिन सई कलवार सादा पोशाकमा मैदामिल निर आइपुगेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाले जनाएको छ ।

नाम नखुलेको एक कपडा व्यपारीले घुस रकम दिँदै गरेको अवस्थामा सादा पोशाकमा खटिएको अख्तियारको टोलीले कलवारलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ ।

प्रहरी चौकी गञ्जभवानीपुरका इन्चार्ज जटाशंकर प्रसाद कलवारलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको जानकारी पाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक विकासराज खनालले बताउनुभयो । गञ्जभवानीपुर चौकीमा अर्को इन्चार्ज पठाउने उहाँले जानकारी दिनुभयो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*