झडपका कारण कृष्णनगरमा कर्फ्यु जारी

छहारी संवाददाता
कार्तिक १४, २०७६

कृष्णनगर नगरपालिकाको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालयबाट अाज ११ बजेदेखि करोडको कर्फ्यु जारि गरिएकाे छ ।

कृष्णनगरमा बुधबार साँझ करिब ८ बजे तिहारको समापनसँगै मुर्ती बिसर्जनकाे क्रममा दुइ समूहबीच ढुंगा हानाहान भएपछि झडप भएकाे थियाे ।

विवादपछि तनाव र झडप बढेपछि बिहीबार बिहान स्थानीय प्रशासनले जिल्ला सुरक्षा समितिको बसेको आकस्स्मिक बैठकपछि कर्फ्यु आदेश जारी गरेकाे हाे ।
आदेश अनुसार कृष्णनगर भन्सार कार्यालयदेखि उत्तर सात सय मिटर, पश्चिम सात सय मिटर, र पुर्व तीन सय मिटर क्षेत्र निर्धारण गरिएको छ । उक्त क्षेत्रभित्र हिँडडुल गर्न जम्मा हुन प्रतिबन्ध लगाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*