कपास गोदाममा लागेको आगलागी नियन्त्रण

छहारी संवाददाता
कार्तिक ११, २०७६

हेटौँडा–१ चौकीटोलमा कपास गोदाममा लागेको आगो साढे २ घण्टामा नियन्त्रणमा आएको छ ।
साँझ करिव ७ बजेबाट शुरु भएको आगो साढे ९ बजे नियन्त्रणमा आएको हो । आगो निभाउन हेटौँडा उपमहानगरपालिका र नेपाल आयल निगमको दमकल परिचालन गरिएको थियो । आगो निभाउन सुरक्षा निकाय र स्थानीय समेत खटिएका थिए । जेसिभीको प्रयोग गरी उद्योगको कपास तानेर आगो निभाउने काम गरिएको थियो । 
आगलागीबाट उद्योग पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । हेटौँडा–१ चौकीटोलमा विनोद ढकालको घरमा रहेको कपास उद्योगमा आगलागी भएको थियो । रामविश्वास यादव र पाश्वत दासले संयुक्त रुपमा गरेको उद्योगमा भएको आगलागीबाट मानवीय क्षति नभएपनि घटनाबाट आत्तिएका यादवलाई अर्धचेत अवस्थामा अस्पताल लगिएको थियो । 
घटनास्थलमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपाने लगायत पुगेर आगो निभाउन सहजिकरण गरेका थिए । क्षतिको विवरण संकलन भईरहेको प्रहरीले जनाएको छ । प्रष्ट खबर 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*