आज पनि अनुगमनलाई निरन्तरता
संयुक्त अनुगमन टोलीले आज पनि अनुगमनलाई निरन्तरता दिएको छ ।
टोलीले आज हेटौँडाको स्कूलरोड, बसपार्क लगायतका क्षेत्रमा किराना पसल, मिठाई पसल र होटल अनुगमन गरेको हो ।
१५ वटा पसल अनुगमनका क्रममा फेला परेका अखाध्य बस्तु, लेबल नभएका खाद्यान्न, पेय पदार्थ जफत गरेको थियो भने बसपार्क क्षेत्रमा कागजमा पोको पारेर बेच्न राखिएको खानेकुरा नष्ट गरेको थियो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख सोमकान्त अर्यालको नेतृत्वमा भएको अनुगमनमा खाद्य निरीक्षक खगेन्द्र खतिवडा, सरोज पौडेल, जिल्ला प्रशासनका सहदेव आचार्य, घरेलु कार्यालयका प्रणयप्रसाद अर्याल, नगरपालिकाका भैरव कुमाल, उपभोक्ता मञ्चका नवराज कोइराला र उपभोक्ता हित संरक्षण मञ्चका बासु खतिवडाको सहभागिता रहेको थियो ।