स्वास्थ कार्यक्रमको वार्षिक समिक्षा गोष्ठी सम्पन्न
आर्थिक वर्ष २०६५÷७६ को प्रदेश स्तिरिय स्वास्थ कार्यक्रमहरुको वार्षिक समिक्षा गोष्ठी आज हेटौडामा सम्पन्न भएको छ ।
कार्यक्रममा आर्थिक वर्ष २०६५÷७६को स्वास्थ क्षेत्रमा विभिन्न निकायमा विनियोजन गरीएको रकम, मुख्य उपलब्धि तथा सम्पन्न गरीएका कार्यहरु, साथै यस आर्थिक वर्ष २०७६÷७७ का मुख्य कार्यक्रमहरु,चालु आर्थिक वर्षको सुरुदेखि हालसम्म सम्पन्न भएका मुख्य कार्यक्रमहरुको समिक्षा गरीएको थियो ।
प्रदेश ३ निती तथा योजना आयोगकी सदस्य डाक्टर यमुना कडेलले कार्यक्रमको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा प्रदेश ३ का सामाजिक विकास मन्त्रालयका सचिव गोकर्ण मणि दुवाडी, हेटौडा उपमहानगरपालिकाका स्वास्थ संयोजक सुपेन्द्र कार्की , ३ नम्बर प्रदेश पत्रकार महासंघका अध्यक्ष प्रताप विष्ट लगाएत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।