समाज हाल नकारात्मकता तर्फ उन्मुख भईरहेको छः रघुनाथ खुलाल

छहारी संवाददाता
कार्तिक ५, २०७६

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले समाज हाल नकारात्मकता तर्फ उन्मुख भईरहेको प्रति चिन्ता व्यक्त गर्नु भएको छ ।

प्रदेश तीन स्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा भएको २०७५र०७६ को क्षयरोग र कुष्ठरोग कार्यक्रमको तेस्रो त्रैमासिक गोष्ठी तथा समग्र स्वास्थ्य वार्षिक समिक्षा कार्यक्रममाको उद्घाटन गर्दै प्रमुख खुलालले चिन्ता व्यक्त गर्नु भएको हो ।

उहाँले स्वास्थ्यका क्षेत्रमा थुप्रै चुनौतिहरु रहेको भन्दै राष्ट्रको लक्ष्य प्राप्तिका लागि सबै नेपालिहरूले स्वास्थ्य क्षेत्रमा आएका चुनौतिहरूलाई सामना गर्दै सुखि नेपालि समृद्ध नेपालको नारालाई सार्थकता बनाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो – 'सबैको पहलबाट नेपाल एउटा नयाँ प्रणालीमा प्रवेश गरेको छ, एक्लोको प्रयासले केही पनि हासिल हुँदैन यसको संस्थापनमा सबैजना दिलोज्यानले लागिपर्नु पर्छ ।'

उहाँले देशमा नयाँ संरचनाको अभ्यास गरिरहेकोले सामान्यतया कुराहरूमा तालमेल नमिलेको देखिएको भन्दै समाजमा रहेका असन्तुष्टिलाई सुधार गर्दै जानु पर्ने धारणा राख्नुभयो ।

प्रदेश तीन स्वास्थ्य कार्यालय मकवानपुरका प्रणय कुमार उपाध्यायको सभाध्यक्षता रहेको थियो । दुई दिन सम्म सञ्चालन हुने समीक्षा कार्यक्रममा स्थानिय तहका स्वास्थ्य कार्यालय प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*