चोरीका घटना रोक्न सुरक्षा गस्ती आवश्यकः न्यौपाने
नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिती सदस्य राजकुमार न्यौपानेले हेटौंडामा चोरीको घटना बढेको भन्दै चिन्ता ब्यक्त गर्नुभएको छ ।
हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै केन्द्रीय सदस्य न्यौपानेले चोरीका घटना रोक्न स्थानीय प्रशासनले सुरक्षा गस्ती बढाउनुपर्ने बताउनुभयो ।
बजार क्षेत्रमा राखीएका सिसिक्यामेरा मर्मत नहुँदा चोरीमा संलग्नहरुले मौकाको फाईदा उठाएको भन्दै सिसी क्यामेरा मर्मतका लागि सबै सरोकारवालाहरु एकजुट हुनुपर्नेमा न्यौपानेले जोड दिनुभयो ।
राज्यले चोरीमा संलग्नलाई पक्राउ गरी चोरी भएका धनमाल सम्बन्धित ब्यापारीलाई फिर्ता गराएर ढुक्कसंग व्यापार गर्ने अवसर सृजना गर्न स्थानीय सरकार र स्थानीय प्रशासनको ध्यानाकर्षण गराउनुभयो ।
व्यवसायी व्यापारीले सरकारलाई नियमीत कर बुझाईरहेको भन्दै केन्द्रीय सदस्य न्यौपानेले उनीहरुलाई सुरक्षाको प्रत्याभुती दिलाउन स्थानीय प्रशासनको ध्यानाकर्षण गराउनुभयो ।
मकवानपुर उद्योग वाणिज्यसंघको अगुवाईमा हेटौँडाका व्यापारी ब्यवसायीसंग उठाइएको २५ लाख रुपैयाँबाट हेटौंडा बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको थियो । अहिले अधिकांस क्यामेरा विग्रीएका छन् ।