पारिवारीक नीजि वन संघ प्रदेश ३ अध्यक्षमा न्यौपाने चयन

छहारी संवाददाता
कार्तिक ५, २०७६

पारिवारीक नीजि वन संघ प्रदेश ३ अध्यक्षमा सहदेव न्यौपाने चयन हुनु भएको छ ।

आज हेटौंडामा सम्पन्न संघको प्रथम प्रदेश अधिवेशनले भक्तपुरका न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय प्रदेश समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा रामेछापका यमकुमारी घिमिरे, सचिवमा मकवानपुरका गिता कुमारी न्यौपाने र कोषाध्यक्षमा चितवनका उमाकान्त बराल चयन भएका छन् ।

समितिको सदस्यहरुमा रसुवाका रबि घले, काभ्रेका सञ्जिव ढकाल, भक्तपुरका पवित्रा तिमल्सिना, रामेछापका देव बहादुर श्रेष्ठ र चितवनका सानिमाया लामा चयन भएका छन् ।

पारिवारिक निजि वन संघ नेपाल प्रदेश ३ को आयोजनामा गैरसरकारि महासंघको सभाहलमा कार्यक्रम भएको हो ।

कार्यक्रममा पारिवारिक निजि वन संघ नेपाल प्रदेश ३ ईन्चार्ज कुलप्रसाद चापागाईको सभापतित्व तथा उद्याग वन पर्यटन तथा वातावरण मन्त्री अरूण नेपालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पारिवारिक निजि वन संघका केन्द्रीय अध्यक्ष जोगराज गिरी, प्रदेश सांसद तथा नेकपा जिल्ला अध्यक्ष मुनु सिग्देल, नेपाल पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ट, गैरसरकारी महासंघ नेपाल प्रदेश ३ ईन्चार्ज वुद्दशरण लामा, पारिवारिक निजि वन संघका जिल्ला उपाध्यक्ष तथा माईति नेपाल मकवानपुरका संयोजक माया लामा, पारिवारिक निजि वन संघका नौ वटा जिल्लाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*