राति १२ बजे देखि हेटौडा बसपार्कको ढाटबाट कर संकलन कार्य बन्द

छहारी संवाददाता
कार्तिक ५, २०७६

हेटौडा उपमहानगरपालिकको बसपार्कमा रहेको कर संकलन केन्द्रबाट भोलिदेखि कर संकलन कार्य बन्द गरिने भएको छ ।

नाईस नेपाल कन्ट्रक्सन पोखरा र हेटौडा उपमहानगरपालिका कार्यालय बिच भएको कर संकलन सम्झौताको अवधि सकिएको हुँदा भोलिदेखि कर संकलन कार्य बन्द गरिने भएको हो । 

कन्ट्रक्सन र हेटौडा उपमहानगरपालिका विच एक बर्षे कर संकलनका लागि गरिएको ठेक्का सम्झौता सकिएकोले तत्कालका लागि उक्त कर संकलन केन्द्रबाट सडक पुर्वाधार मर्मत सम्भारका लिदै आएको कर संकलन कार्यबन्द गरिएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।

हेटौंडा उपनगरपालिकाले आज राति १२ बजे सम्म मात्र कर संकलन गर्न पाउने भन्दै मंगलबारबाट उक्त ढाटबाट उठाउदै आएको सडक पुर्वाधार मर्मत सम्भार कर उठाउन नपाउने जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*