हेटौडाका १३ वटा किराना पसलमा अनुगमन (तस्विरहरु)
शिशिर किराना एण्ड कोल्ड स्टोर्सलाई तीन दिन भित्र खाद्य तथा गुण नियन्त्रण कार्यालय, हेटौंडामा सम्पर्क गर्न निर्देशन दिईएको छ ।
सीता अधिकारीको नाममा दर्ता भई हेटौडा ५ मा संचालित उक्त पसलमा अधिकांश सामान म्याद गुज्रिएको पाइएपछि यस्तो निर्देशन दिइएको हो ।
उक्त पसलमा तरकारी तथा फलफुल सडेगलेको र पसल समेत अत्यधिक फोहोर अवस्थामा पाईएपछि तीन दिन भित्र कमजोरि सच्याएर खाध तथा गुण नियन्त्रण कार्यालयमा हाजिर हुन निर्देशन दिईएको हो।
उक्त पसलबाट म्याद गुज्रिएका कुरकुरे, डिउ, पेप्सी, बिस्कुट, ग्लुकोज, स्प्राईट, बेसन आदी गरी आधा भन्दा वढि सामान जफत गरिएको छ ।
उक्त पसल घरेलु तथा साना उद्यागमा एक लाखको पुँजिमा किराना तथा कोल्ड ड्रिङ्क्स विक्रि भनेर दर्ता गरिएता पनि तरकारी, फलफुल, किराना तथा खाधान्न सामानको व्यवसाय गर्दै आएको पाईएको थियो ।
तोकिएको मितिभित्र पसल संचालकले कार्यालयमा सम्पर्क नगरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने खाद्य निरिक्षक खगेन्द्र प्रसाद खतिवडाले चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो– 'व्यवसायीले समयमै सम्पर्क गरेको खण्डमा पुनः अनुगमन गर्ने र फेरि पनि उक्त कार्यहरु गरेको पाईएमा कारबाहीको दायरा ल्याईनेछ ।'
हेटौडामा आज १३ वटा किराना पसलहरूमा गरिएको अनुगमनबाट अधिकांश व्यवसायीक पसलहरूमा म्याद गुज्रिएको सामानहरू जफत गरिएको छ ।
खाद्य तथा गुण नियन्त्रण कार्यालयको नेतृत्वमा हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर २, ४ र ५ मा संचालित किराना पसलहरुमा गरिएको अनुगमनबाट म्याद गुज्रेका सामानहरू जफत गर्ने र निर्देशन दिने काम भएको थियो ।
म्याद गुज्रियका समानहरूमा अधिकांश विस्कुट तथा पेय पदार्थ रहेका छन । त्यस्तै अनुगमनका क्रममा केहि पसलहरू कुनै पनि स्थानमा दर्ता नभएको र प्राय पसलहरूमा सामानको मुल्यमा समेत अन्तर भेटिएको छ ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालयका नायव सुब्वा सहदेव आचार्य, उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष बासु खतिवडा, खाद्य तथा गुण नियन्त्रण कार्यालयका खाध निरिक्षक खगेन्द्र खतिवडा, खाध प्राविधिक सरोज पौडेल, पत्रकारहरू लगायतकको सहभागिता रहेको थियो ।