बिना लाइसेन्स अटो चलाउने १० जना प्रहरी नियन्त्रणमा

छहारी संवाददाता
कार्तिक ४, २०७६

बिना लाइसेन्स अटो चलाउने हेटौंडाका १० जनालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।

सवारी व्यवस्थापनमा जुटिरहेको ट्राफिक प्रहरीले लाइसेन्स विना नै अटो चलाउँदै आएका उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमा लगेको हो ।

मकवानपुरका ट्रफिक प्रहरी प्रमुख हरिविष्णु ढकालले अव्यवस्थित र नियम विपरित चलिरहेका अटोका कारण सडकमा सवारी व्यवस्थापनमा कठिनाई भइरहेको जानकारी दिनुभयो ।

स्थानीय तहलाई मात्र यस्ता सवारी नियन्त्रणको अधिकार भएको भन्दै उहाँले सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

स्थानीय तहले यसतर्फ ध्यान दिए ट्रफिक प्रहरी तयार रहेको भन्दै अन्यथा जरिवाना काटेर उनीहरुलाई छाड्नुको बिकल्प नरहेको ट्रफिक प्रहरी प्रमुख ढकालले बताउनुभयो ।

हेटौंडा बजारमा करिब २५ सयदेखि ३ हजारको हाराहारीमा अटो तथा विद्युतीय रिक्सा सञ्चालनमा छन्, भने अत्यन्त कम चालकसँग मात्रै लाइसेन्स रहेको अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*